कस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर ?

कस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर ?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ मात्र छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६४ पैसा र बिक्री दर १५३ रुपैयाँ ३९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ५३ पैसा र बिक्री दर १२६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा छ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ तीन पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३६ पैसा र बिक्री दर नौ रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४७ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ५९ पैसा र बिक्री दर नौ रुपैयाँ ६४ पैसा कायम भएको छ।

Skip This
Skip This
Logo