कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार ३१ दशमलव ७६ अंकले घटेको बजार आज पनि ३७ दशमलव शून्य ६ अंकले घटेर २ हजार २३८ दशमलव ६२ विन्दुमा झरेको हो ।
बिहीबार २३२ वटा धितोपत्रको ४६ लाख ७४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक २ दशमलव ९३ प्रतिशतले घटेको हो ।
त्यस्तै, आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा सूर्य लाइफ इन्स्योरेन्सको ८ करोड ४५ लाख ८७ हजार २३२ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।































प्रतिक्रिया