आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

आइएमई मोटर्स "हाइएस्ट बिजनेस ग्रोथ" अवार्डबाट सम्मानित भएको छ।

भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो।

आइएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता हो।

अशोक लेलैन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त ग्लोबल कन्फ्रेन्स शनिबार सकिएको छ।

Skip This
Skip This
Logo