पहुँचका भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज

पहुँचका भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज

केन्द्रबिन्दु
0
Shares

पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ। टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नु परेको छ।

हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन्। हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन। सुर्खेतबाट हुम्ला जान १० हजार र हुम्लाबाट सुर्खेत आउन सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन्। नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन्। थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन्। 

नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाही बताउँछन्। “तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ”, उनले भने। निजी एयरलाइन्स कम्पनीले नियमित उडान नभर्दा सबैभन्दा बढी हुम्ली मारमा परेका छन्। सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान सङ्ख्या कटौती गरेका छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ।

सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ। यस्तै समस्या डोल्पा जानका लागि छ। नेपालगञ्जबाट डोल्पा जाँदा नौ हजार र फर्कँदा पाँच हजार तिर्नुपर्छ। पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ। 

Skip This
Skip This
Logo