कोभिड महामारीका कारणी सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ को प्रसारण सेवा पुनः सुरु भएको छ ।
विशेष गरी गीतलाई मात्रै प्राथमिकता दिने रुस्लान एफ एम फेरी श्रोता माझ फर्किएको हो । सर्वाधिक रुचाईएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याई रहेको रुस्लान एफ एम ९५.२ ले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष स्थान प्रदान गर्दै आएको छ ।
नेपाली गितका साथसाथै रुस्लान एफएम (Ruslan FM 95.2) मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिने छ । “पहिला भन्दा भव्यतरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहितकोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं” रुस्लान एफ एमका प्रमुख मार्केटिङ अधिकृत, बैभव शर्माले भने ।
बिहान ६ बजे बाट राति १२ बजे सम्म सञ्चालन हुने एफएममा बिहान ६ देखि ८ बजे सम्म “Work Out Beats”, बिहान ८ देखि ११ बजे सम्म “Rush Hour Beats”, बिहान ११ देखि दिउँसो ४ बजे सम्म “Chill Beats”, दिउँसो ४ देखि बेलुकी ७ बजे सम्म “In-Trend” र बेलुकी ७ देखि राती १२ बजे सम्म “Vibrant Beats” गरी ५ फरक विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने छ ।
प्रतिक्रिया