सरकारले जेठ १५ गते आइतबार (भोलि) अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ।
प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन्।
उनले भने, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरु उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु। प्रतिनिधिसभाको अर्को बैठक ०७९ साल जेष्ठ १५ गते आइतबार अपरान्ह ६ बजे बस्नेगरि यो बैठक स्थगित हुन्छ।’
यसअघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए।





























प्रतिक्रिया