पुकार इन्टरनेशनलका सेवा अब आफ्नै भवनबाट

पुकार इन्टरनेशनलका सेवा अब आफ्नै भवनबाट


नेपालमा विगत १० वर्षदेखि भारत र चीनबाट विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका विद्युतीय सामाग्रीको आयात गर्दै आएको पुकार इन्टरनेशनलले शनिबारदेखि कोटेश्वरस्थित आफ्नै भवनबाट सेवा दिन थालेको छ।

काठमाडौंको कोटेश्वरस्थित आफ्नै भवनबाट सेवाको शनिबार भव्य उदघाटन गरिएको हो । नयाँ शो रुमसहितको भवन शनिबार नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले उद्घाटन गरेका थिए ।

पुकार इन्टरनेशनलका म्यानेजिङ डाइरेक्टर पुष्प सिग्देलले दिएको जानकारी अनुसार यहाँबाट स्वीच, सकेट, एमसिबी, पंखा, टेप विभिन्न आकर्षक लाइटहरुका साथै सबै प्रकारका विद्युतीय सामाग्री वारेन्टीका साथ विक्री वितरण गरिन्छ । 

पुकार इन्टरनेशनलले आफ्नै स्वदेशी उत्पादन युनाइटेड केबलको तारहरु पनि विक्री गर्दै आएको छ । पुकार इन्टरनेशनलले पूर्वदेखि पश्चिमसम्म विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको छ । 

Logo