आज काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने

आज काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शनिबार काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बालाजु वितरण केन्द्रको विष्णुमति फिडर अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १५ र १६ को चक्रपथ क्षेत्रमा बिजुलीको पोल सार्ने काम हुने भएकोले यी क्षेत्रमा बत्ती जाने भएको हो ।

शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म फिडर सटडाउनमा राख्नु पर्ने भएको र बत्ती काटिने प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यी क्षेत्र अन्तर्गत वनस्थली, गङ्गा हल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायत पर्दछन् । काम निर्धारित समय अगाड िनै सकिए बत्ती छिट्टै आउने पनि बताइएको छ ।

Logo