घरजग्गा खरिदबिक्री गर्न छुट्टै कम्पनी बनाउनु पर्ने

घरजग्गा खरिदबिक्री गर्न छुट्टै कम्पनी बनाउनु पर्ने

केन्द्रबिन्दु
0
Shares

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब घरजग्गा खरिदबिक्री गर्ने छुट्टै कम्पनी खडा गरेर सो कम्पनीबाट मात्रै खरिदबिक्री गर्नुपर्ने व्यवस्था गरेको बताएका छन्। 

घरजग्गा कारोबारलाई कडाइ गर्दै अब व्यक्ति–व्यक्तिबीचको कारोबारलाई वैधानिकता नदिइने भएको छ । कारोबार अनियन्त्रित भएको भन्दै पछिल्लो समय घरजग्गा कारोबार व्यवस्थित गर्न अर्थविद्हरूबाट माग हुँदै आएको थियो ।

यस्तै आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

Skip This
Skip This
Logo