सेयर बजार ४५ दशमलव ५९ अंकले घट्यो

सेयर बजार ४५ दशमलव ५९ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

मंगलबार सेयर बजार उल्लेख्य रूपमा घटेको छ। मंगलबार बजार परिसूचक ४५ दशमलव ५९ अंकले घटेको छ।

साताको पहिलो कारोबारमा १३ अंकले घटेको बजार दोस्रो कारोबारमा आइपुग्दा उल्लेख्य गिरावट आएर बजार परिसूचक २०२० अंकमा झरेको छ।

सेयर बजार केही समययता निरन्तर ओरालो लाग्दै आइरहेको छ। सोमबारको कारोबारमा १३ अंक घटेर २०६५ दशमलव ८२ अंकमा झरेको बजार आज करिब ४६ अंक घटेर परिसूचक २०२० दशमलव २३ अंकमा झरेको छ।

आज सेयर बजार परिसूचक बिन्दु २ दशमलव २१ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ११.२४ अंक अर्थात २ दशमलव ८१ प्रतिशतले घटेर ३८९ दशमलव १२ अंकमा झरेको छ। त्यस्तै फ्लोट ३.१८ अंक तथा सेन्सेटिभ फ्लोट ३.७२ अंकले घटेको छ। ४६ अंकले बजार घट्दा आज कारोबार भएका २ सय ३४ कम्पनीमा जम्मा १५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै  १ सय ८१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

आज बजार घट्दा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार २ सय ३४ कम्पनीले कारोबार गर्दा सोमबार १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५ सय ६३ रुपैयाँको ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर २८ हजार ९ सय ५९ पटकमा खरिद बिक्री भएको छ।

बजार घट्दा उपकार लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ। आज उपकार १० प्रतिशतले बढेर प्रतिकित्ता २१२६ रुपैयाँमा पुगेको छ। त्यस्तै बलेफी हाइड्रो, माउन्टेन हाइड्रो नेपाल, नारायणी विकास बैंक, आरबिबी म्युचुअल फन्ड लगायतका कम्पनीले बढी कमाएका छन्।

हिमालयन विकास बैंक, सपोर्ट माइक्रो माइक्रो फाइनान्स, समता घरेलु लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, एनएमबी डिबेन्चर लगायतका कम्पनीले भने बढी गुमाएका छन्। उप-समूहतर्फ मंगलबार १३ ओटै समूह राताम्मे भएका छन्।

बैंकिङ समूह २.७२ तथा म्यानिफ्क्चरिङ एण्ड प्रोडक्सन २.७४ प्रतिशतले घटेका छन्।

Logo