उद्योग वाणिज्य संघ अर्घाखाँचीमा एमाले र जनमोर्चाको तालमेल

उद्योग वाणिज्य संघ अर्घाखाँचीमा एमाले र जनमोर्चाको तालमेल

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची उद्योग वाणिज्य संघको साधारणसभा तथा अधिवेशन २८ जेठ शनिबार हुँदै छ ।

यसले राजनीतिक क्षेत्रलाई समेत तताएको छ । सबै दलको सहमतिमा नेतृत्वसहित पदाधिकारी चयन गरिँदै आएको अर्घाखाँचीमा यो पटक चुनावी प्रक्रियामा जाने भएपछि नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

शुक्रबार दिउँसो मनोनयन दर्ता गर्ने कार्यक्रम रहे पनि नेतृत्वमा एमाले र जनमोर्चाबीच तालमेल गरेर जाने सहमति गरेका छन् । एमालेनिकट व्यावसायीहरूले नेतृत्वमा प्रदिप मिश्रलाई यसअघि नै अगाडि सारिसकेका छन् भने जनमोर्चालाई उपाध्यक्ष, महासचिव र चार सदस्य दिनेगरी सहमति भएको छ ।यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका गठबन्धन दलहरू सहमति जुटाउने प्रयासमा छन् ।

Logo