२६ कम्पनीका ६ अर्ब ४८ करोड बराबरको आईपीओ पाइपलाइनमा, कुनको कति ?

२६ कम्पनीका ६ अर्ब ४८ करोड बराबरको आईपीओ पाइपलाइनमा, कुनको कति ?


२६ वटा कम्पनीले ६ अर्ब ४८ करोड ७ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेवन) मा निवेदन दिएका छन् । धितोपत्र बोर्डका अनुसार निवेदन दिनेमा हाइड्रोपावर कम्पनी, बीमा कम्पनीलगायत छन् । 

बोर्डमा सुरुमै २० वटा कम्पनीले आईपीओ निष्कासनका लागि निवेदन दिएका छन् । त्यसमा १० वटा हाईड्रोपावर, ५ वटा माइक्रोफाइनान्स, २ वटा होटल तथा एउटा बीमा र एउटा अन्य कम्पनी छन् ।  

धेरै हाइड्रोपावर कम्पनीहरुले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न आवेदन दिएका छन् । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेपछि मात्र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न पाउनेछन् । अरु कम्पनीले भने आईपीओको अनुमति पाउने वित्तिकै सर्वसाधारणका लागि निष्काशन  गर्न सक्नेछन् । 

यी हुन् आईपीओ निष्काशन गर्न अनुमति मागेका कम्पनीहरु :

१) मोलुङ हाइड्रोपावर कम्पनी

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण शेयर (आईपीओ) निस्काशन गर्नका लागि गत वर्षको साउन १ गते नै धितोपत्र बोर्डमा निवेदन दिएको हो । तर अहिलेसम्म आईपीओको अनुमति भने पाएको छैन । कम्पनीको आईपीओ निस्काशन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

२) रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी 

रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न गत वर्षको साउन १२ गते सेवनमा निवेदन दिएको हो । यस कम्पनीले पनि अहिलेसम्म आईपीओ निष्कासनको अनुमति पाएको छैन । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। 

३) थ्रीस्टार हाइड्रोपावर कम्पनी 

थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न गत साउन १७ गते बोर्डसँग अनुमति मागेको हो। यस कम्पनीलाई पनि अहिलेसम्म अनुमति दिइएको छैन । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। 

४) कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी 

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्काशन गर्न गत साउन ३२ गते बोर्डमा अनुमति मागेको हो। कम्पनीको आईपीओे निष्काशन तथा विक्री प्रबन्धकमा एनएमवी क्यापिटल लिमिटेड रहेको छ। 

५) स्टम हाईड्रोपावर कम्पनी 

स्टम हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि तथा विक्री खुला गर्नका लागि मंसिर २४ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम एनएमवी क्यापिटल लिमिटेडले गर्नेछ। 

६) एसियन हाइड्रोपावर कम्पनी

एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड ६० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपिओ निष्काशन तथा विक्री खुला गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटल लिमिटेडले गर्नेछ ।

७) मुक्तिनाथ कृषि कम्पनी 

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्नका धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि फागुन २४ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम मेघा क्यापिटलले गर्नेछ । 

८) धौलागिरी लघुवित्त बित्तिय संस्था

धौलागिरी लघुवित्त बित्तिय संस्था लिमिटेडले आईपीओ निष्काशनका लागि निवेदन दिएको छ। कम्पनीले ३ करोड ३ लाख रुपैयाँ बराबरको ३ लाख ३ हजार कित्ता शेयर विक्री गर्नका लागि फागुन २३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। 

९) कालिन्चोक दर्शन लिमिटेड (होटल एण्ड टुरिजम)

कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशन गर्नको लागि चैत १५ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।

१०) बाराही हाइड्रोपावर कम्पनी 

बाराही हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि चैत १७ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम एनआईविएल एस क्यापिटल लिमिटेडले गर्नेछ। 

११) आत्मनिर्भर लघुवित्त वित्तिय संस्था 

आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्काशनका लागि चैत २१ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। 

१२) हाथवे इन्भेष्टमेण्ट नेपाल 

हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार आईपीओ निष्काशनका लागि चैत २५ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ।

१३) सिटी होटल लिमिटेड 

सिटी होटल लिमिटेडले पनि आईपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशनका लागि चैत ३० गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ। 

१४) अभियान लघुवित्त 

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले पनि आईपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशनका लागि चैत ३० गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

१५) खप्तड लघुवित्त 

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशनका लागि बैशाख ११ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रवन्धकको काम प्रभू क्यापिटलले गर्नेछ। 

१६) सिर्जनशील लघुवित्त

सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले ३ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ७३ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्नका लागि बोर्डमा बैशाख १२ गते निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। 

१७) पिपुल हाइड्रोपावर 

पिपुल हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा गत चैत २२ गते निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। 

१८) मया खोला हाइड्रोपावर

मया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख आईपीओ निष्काशनका लागि बैशाख २८ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम प्रभू क्यापिटलले गर्नेछ। 

१९) भूगोल इनर्जी डेभलप्मेन्ट कम्पनी

भूगोल डेभलप्मेन्ट कम्पनी लिमिटेडले पनि आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डमा गत चैत २ गते निवेदन दिएको हो। कम्पनीको आईपीओ विक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ । 

२०) मकर जितुमय सुरी हाइड्रोपावर 

मकर जितुमय सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले पनि आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशनका लागि बैशाख ८ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम प्रभू क्यापिटलले गर्नेछ। 

२१) डिस मिडिया नेटवर्क (अन्य) 

डिस मिडिया नेटवर्क लिमिटेडले २ वर्ष पहिले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तर अहिलेसम्म उसलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छैन । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गर्नका लागि २०७७ असार ३० गते बार्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। 

२२) आइएमई लाइफ इन्स्योरेन्स 

आइएमई लाइफ इन्स्योरेन्सले पनि गत जेठ ३१ गते बोर्डमा निवेदन दिएको थियो। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । 

२३) सिक्लेस हाइड्रोपावर

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले पनि गत कार्तिक २९ गते बोर्डमा निवेदन थियो । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम बैंक अफ काठमाण्डूले गर्नेछ। 

२४) रसुवागढी हाइड्रोपावर

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न गत पुस २३ गते बोर्डमा निवेदन दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ। 

 २५) सुपरमाई हाइड्रोपावर 

सुपरमाई हाइड्रोपावरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्काशन गर्न गत मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। 

२६) सान्जेन जलविद्युत कम्पनी 

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि गत मंसिर २० गते निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ । 

यी सबै कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्ड (सेवन) ले अनुमति दिएपछि निष्काशन तथा विक्री खुला गर्न पाउँनेछन् । गत शुक्रबार मात्र पनि पिपुल्स पावर कम्पनी लिमिटेडले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि अनुमति पाएको छ। यस कम्पनीको विक्री प्रबन्धकमा प्रभू क्यापिटल रहेको छ । 

Logo