यस्ता छन् बाइक नवीकरण गर्दा प्रदेश सरकारले ल्याएको छुटहरु

यस्ता छन् बाइक नवीकरण गर्दा प्रदेश सरकारले ल्याएको छुटहरु

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बाइक नवीकरणमा छुट देखि विद्युतीय सवारी साधनको पूर्वाधार निर्माणको विस्तार सम्मका क्षेत्रहरु समेएिका छन् । बजेटमा उल्लेख गरिए अनुसार मोटरसाइकल अर्थात स्कुटरको कर फागुन मसान्तसम्म भुक्तानी गरे यसअघिका सम्पूर्ण जरिवाना मिनाहा गरिनेछ ।

यो व्यवस्थासँगै यसअघि विभिन्न कारणले समयमै कर भुक्तानी गर्न नसकेका उपभोक्तालाई राहत मिल्ने भएको छ । यसैगरी बजेटमा विद्युतीय साधनको प्रवद्र्धन गर्न निजी क्षेत्र र विद्युत प्राधिकरणसँग समन्वय गरी पूर्वाधार विस्तार गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले राजमार्गमा प्रदूषण चेक गर्ने व्यवस्था समेत मिलाउने भएको छ । उक्त व्यवस्थाका लागि निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख गरिएको छ । यातायात क्षेत्र विकास र सुधारको लागि ट्रक पार्कको समेत निर्माण गरिने उल्लेख छ ।

यसैगरी लाइसेन्स वितरण प्रक्रिया स्वचालित बनाउने, यातायात कार्यालयहरुमा रहेका अभिलेख र यस्ता कार्यालयले प्रदान गर्ने सवै सेवा डिजिटाइजेसन गर्ने लगायतका विषयहरु बजेटमा समावेश भएका छन् ।

Logo