इन्धनको भाउ बढेसँगै हवाई भाडा पनि बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

इन्धनको भाउ बढेसँगै हवाई भाडा पनि बढ्यो, कुन रूटमा कति ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

इन्धनको भाउ बढेसँगै नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर पनि वृद्धि गरेको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो । आइतबार रातिबाट लागु हुने गरी निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो । यस्तै एअरपोर्ट ट्याक्स अन्तर्रास्ट्रिय विमानस्थलको हकमा ५०० रूपैयाँ र अन्य विमानस्थलमा ३०० र ४०० रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

बुधबारबाट लागू हुने गरी समायोजन भएको नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ६५५ रुपैयाँसम्म वृद्धि भएको छ ।काठमाडौं-भद्रपुर ५७०, काठमाडौं-विराटनगर ४५५, काठमाडौं-धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ । यस्तै काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ ।

Logo