हेटौंडा उपमहानगरको नगरसभा बैठक स्थगित, आज बजेट नआउने

हेटौंडा उपमहानगरको नगरसभा बैठक स्थगित, आज बजेट नआउने

केन्द्रबिन्दु
0
Shares

हेटौंमा उपमहानगर पालिकाको बजेट ल्याउने नगरसभाको बैठक स्थगित भएको छ। कार्यपालिकामा बहुमत रहेको एमाले अनुपस्थित रहेपछि आइतबारसम्म नगरसभा स्थगित भएको हो। 

एमालेका ५४ जना कार्यपालिका सदस्य रहेका छन्। हेटौंडामा वडा एमालेको बहुमत भए पनि नगर प्रमुख एकीकृत समाजवादी र उप्रमुख कांग्रेसका रहेका छन्।

उपमेयर राजेश बानियाँका अनुसार एमालेले मेयरको अधिकार कटौती गर्ने प्रस्ताव लगेको थियो। सो क्रममा मेयर, उपमेयरलगायतले भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रस्ताव लगेका थिए। 

तर त्यो प्रस्तावमा एमालेका ५४ जना नगरसभा सदस्यले असहमति जनाएपछि बैठक स्थगित भएको हो। 

Logo