गण्डकी प्रदेशमा बृद्धि गरिएको सवारी कर र जाँचपास पुनरावलोकन गर्न नाडाको आग्रह

गण्डकी प्रदेशमा बृद्धि गरिएको सवारी कर र जाँचपास पुनरावलोकन गर्न नाडाको आग्रह

केन्द्रबिन्दु
0
Shares

अटोमोवाईल्स  एसोसिएसन अफ नेपाल ‘नाडा’ले सरकारले गण्डकी प्रदेशमा बृद्धि गरेको  सवारी कर तथा प्रत्येक ६ महिनामा  सवारी जाँचपास गर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको भन्दै  तत्काल खारेज गर्न माग गरेको छ ।
 
देश भरिका अटोमोवाइल्स व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नाडाले  गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको बृद्धि  अव्यवहारिक भएको भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।  

नाडाले विगत देखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहि अनुसार केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती भैसकेको  थियो ।

यद्यपी गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर बृद्धि गरेको र सवारी जाँचपासमा थप झन्झट थपिदिएका कारण आफुहरु मारमा परेको नाडाका महासचिव सुरेन्द्रकुमार उफ्रेतीले बताए ।        
                                

Skip This
Skip This
Logo