सेयर बजारमा उछाल, २ अर्ब १९ करोडको कारोबार हुँदा ९५ अंकको वृद्धि

सेयर बजारमा उछाल, २ अर्ब १९ करोडको कारोबार हुँदा ९५ अंकको वृद्धि

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । केही समयदेखि निरन्तर ओरालो लागेको नेप्सेमा आइतबार हरियाली छायो ।

नेप्से सुधारको माग गर्दै लगानीकर्ता लामो समयदेखि आन्दोलनमा रहेका बेला आइतबार देखिएको वृद्धिले केही आशा जगाएको विश्लेषकहरु बताउँछन् । गत शुक्रबार बजार सुधार र विकासका लागि आन्दोलनरत लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच पूँजीबजारका समस्या समाधान गर्ने सहमति भएको थियो । सोही कारण पनि आइतवार बजारमा सकारात्मक प्रभाव परेको हो ।  

बजार परिसूचक आइतबार ९४ दशमलव ९२ अंकले बढेर १ हजार ९५६.९८ विन्दुमा पुगेको छ । नेप्सेमा शुक्रबार १३.७८ अंकले सुधार देखिएको थियो । 
आइतबार २३० वटा धितोपत्रको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार १३ वटै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी समूहमध्ये लगानी समूहको ८.८७ प्रतिशतले वृद्धि भएको हो ।

आइतबार २१ कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ भने ३१ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  कारोबार रकमको आधारमा सबैभन्दा बढी कुमारी  बैंकको ८ करोड ६४ लाख ३८ हजार ९५३ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो । 

Logo