सेयर बजारमा ११ दशमलव ८२ अंकको गिरावट

सेयर बजारमा ११ दशमलव ८२ अंकको गिरावट


कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार २३ दशमलव ८५ अंकले घटेको नेप्से परिसूचक आज ११ दशमलव ८२ अंकले घटेर १ हजार ९२१ दशमलव ३१ विन्दुमा झरेको हो ।  

मंगलबार २३० वटा धितोपत्रको ३० लाख ३७ हजार ६३० कित्ता शेयर खरीद बिक्री भएको छ । जसबाट १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

मंगलबार १३ वटा समूहमध्ये बैकिङ समूह र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी रहेका सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको १ दशमलव ६९ प्रतिशतले घटेको हो । 

मंगलबार सिवाइसी नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्कमक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ७ करोड ३१ लाख ३३ हजार २५६ रुपैयाँ बराबरको सेयर खरिद विक्री भयो । 

 

Logo