‘बजारको मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर छ ’

‘बजारको मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर छ ’

केन्द्रबिन्दु
0
Shares

  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताएका छन् । शनिवार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गरिएको विषयमा जानकारी दिँदै यस्तो बताएका हुन्  ।

देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्रण भन्दा बाहिर रहेको बताए  । महानिर्देशक शर्माले पेट्रोलिय पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले वस्तुको मूल्य वृद्धि भएको बताए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माननीय मन्त्रीज्यूको उपस्थितिमा उपभोक्ता हक अधिकारको संरक्षण, स्वच्छ बजार प्रबर्द्धन तथा अवाञ्‍छित मूल्य वृद्धि अनुगमन तथा नियन्त्रणको लागि जिम्मेवार तथा उत्तरदायी संघीय सरकार अन्तर्गतका नियामक निकायहरु एवम् संविधान तथा प्रचलित कानून बमोजिम यस्तो जिम्मेवारी पाएका प्रदेश तथा स्थानीय तहहरुको विचमा समन्वय कायम गरि क्रियाशील हुने भन्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार देशव्यापी रुपमा असार १७ गते एकसाथ, एक समय, देशैभर बजार अनुगमन सम्पन गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा मातहत कार्यालयहरुबाट एवम् तीन तहका सरकारका विभिन्न निकायबाट बजार अनुगमन भैरहेता पनि अभियानकै रुपमा यस्तो अनुगमनको सुरुवात भएको छ । आगामी दिनमा यस्तो अनुगमनको निरन्तरता रहने विभागले जनाएको छ ।
 

Logo