‘आइएमई पे र स्मार्ट क्यू आर’ वीच साझेदारी

‘आइएमई पे र स्मार्ट क्यू आर’ वीच साझेदारी

केन्द्रबिन्दु
0
Shares

आइएमई पे र स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । 

सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सक्नेछन । डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । 

कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।
साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रू.२५०० सम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे मा हाल २० लाखभन्दा बढि ग्राहकहरुले मोवाईल वालेट सुबिधा प्रयोग गरिरहेका छन ।
आइएमई पे आइएमई ग्रुप द्वारा सञ्चालित छ भने स्मार्ट क्यूआर ‘एससीटि’ द्वारा सञ्चालित छ ।

Logo