शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक

शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेड्मी नोट ११ प्रो लन्च गरेको हो ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, – “शाओमीले स्मार्टफोनहरूको सन्दर्भमा आफ्नो सिमा फराकिलो पार्दै विस्तृत दायराको साथ औधोगिक बेन्च मार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । क्यामेरा, उच्च रिजोलुसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा आएको छ ।’

शाओमीले सार्वजनिक गरेको नोट ११ प्रो स्मार्टफोन क्यामरा, व्याट्रि क्षमता, डिस्प्ले र पर्फमेन्सका हिसाबले अन्य स्मार्टफोन भन्दा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

Logo