‘स्टार्टअप वल्र्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता’ मा डिशहोम

‘स्टार्टअप वल्र्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता’ मा डिशहोम

केन्द्रबिन्दु
0
Shares

'स्टार्टअप वल्र्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता'मा डिशहोम सहभागी भएको छ ।

स्थानीय नवप्रवर्तनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजित 'स्टार्टअप वल्र्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता'मा डिशहोमले पनि सहभागिता जनाएको हो । प्रतियोगितालाई  स्टार्टअप हब नेपाल र वल्र्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिताको रुपमा लिन सकिन्छ । विश्वव्यापी प्रतिस्पर्धाको रुपमा रहेको यस प्रतियोगिताले विश्वव्यापी स्टार्टअपहरूलाई भेट्ने अवसर प्रदान गर्दछ । 

विश्वभरि नयाँ सम्झौताहरूमा पहुँच प्रदान गर्न लगानीकर्ताहरू र कर्पोरेट प्रतिनिधिहरूसँग नेटवर्क निर्माण गर्न मद्दत पुर्याउँछ । कर्पाेरेट कम्पनीहरू र लगानीकर्ताहरू यस प्रतियोगिताका सहभागी हुन र नेटवर्किङको फाइदाहरू, लगानीका अवसरहरू, क्षेत्रका विज्ञहरूसँग भेट्न सक्छन् । 

Logo