लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले आन्तरिक हवाई उडान र सबै खाले लामो दुरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म बन्द गर्ने भएको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लब्याएको छ ।

यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो ।

त्यस्तै, आन्तरिक हवाई उडान र शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ । यसअघिको भदौ १५ गतेसम्मका लागि यातायातका सवारी सञ्चालन बन्द गर्ने निर्णय लम्ब्याउँदै भदौ मसान्तसम्म पुर्याइएको हो ।

Logo