सेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब ३२ करोडको कारोबार

सेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब ३२ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

सोमबार सेयर बजार उच्च अंकको गिरावट आएको छ । आज सेयर बजार ७७ दशमलव शून्य १ अंकले घटेर १ हजार ९१५ दशमलव ६१ विन्दुमा झरेको हो ।  
सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार २२७ वटा धितोपत्रको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेञ्जले जनाएको छ ।          
सोमबार १३ वटै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको ५ दशमलव ७८ प्रतिशतले घटेको हो । कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक ११ करोड ४ लाख भन्दा बढीको सेयर कारोबार भयो ।

Logo