बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार ५९ दशमलव ५४ अंकले बढेको बजार आज पनि १४ दशमलव ७१ अंकले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको हो ।
बिहीबार सेयरसँगै कारोबार रकम पनि बढेको हो । आज २२० वटा धितोपत्रको ६२ लाख १० हजार कित्ता सेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेञ्जले जनाएको छ ।
बिहीबार १३ वटै समूहको परिसूचक बढेकोे छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको २ दशमलव शून्य ४ प्रतिशतले बढेको हो ।
त्यस्तै एनआइविएल प्रगति फण्डको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा एनआइसी एसिया बैंकको सर्वाधिक ३० करोड १८ लाख भन्दा बढीको सेयर कारोबार भयो ।





























प्रतिक्रिया