मारुती सुजुकी वागन आर बन्यो भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

मारुती सुजुकी वागन आर बन्यो भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

केन्द्रबिन्दु
0
Shares

भारतीय कार बजारमा इन्ट्री लेवल कारको बजारमा कमी आइरहेको छ । पहिलो पटक कार किन्नेहरुका लागि रुचिकर बन्ने यस्ता कारको बजार पनि परिवर्तन भइरहेको छ ।

इन्ट्री लेवलको सन्दर्भमा मारुती सुजुकी वागन आर सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । २०२२ को जुन महिनामा यो कार १९ हजार १९० युनिट बिक्री भएको छ । यस अनुसार आफ्नो सेगमेन्टमा मात्र नभएर भारतमै सबैभन्दा धेरै बिक्री हुने कार बन्न वागन आर सफल भएको छ ।
दोस्रो नम्बरमा मारुतीकै अल्टो रहेको छ । अल्टो १३ हजार ७९० युनिट बिक्री भएको छ । त्यसैगरी तेस्रो नम्बरमा मारुतीकै सेलेरियो रह्यो भने चौथो नम्बरमा टाटा टियागो । पाँचौ नम्बरमा रेनो क्विड रहन सफल भयो ।

वागन आर १.० लिटर र १.२ लिटर गरी दुई इन्जिन अप्सनमा उपलब्ध छ । दुवै अप्सन म्यानुअल र अटोमेटिक गियरबक्समा आउछ । यसमा विभिन्न आकर्षक फिचर समेत छन । नेपाली बजारमा समेत वागन आर उपलब्ध छ । यसको मूल्य २८ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।

Logo