बिग डिजिटलको सेवा शुभारम्भ

बिग डिजिटलको सेवा शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको सेवा बुधबारदेखि शुभारम्भ भएको छ। 

नायिका तथा यस स्टोरकी  ब्राण्ड दूत  स्वस्तिमा  खड्काले  ललितपुरको  ग्वार्कोमा अवस्थित  ग्वार्को कम्प्लेक्समा  अवस्थित यस स्टोरको एक समारोहबीच उद्घाटन गरिन ।
समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरिन ।
त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रिय स्तरका विविध ब्राण्डहरु सहज र सरल  ढंगले  नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए । 

बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नयाँ ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ। यस्तै दिर्घकालिन योजना अन्तर्गत देशका सातवटै प्रदेशहरुमा नयाँ स्टोरहरुको स्थापना गर्ने लक्ष्य रहेको बिग डिजिटलले जनाएको छ ।

Logo