समाज लघुवित्त वित्तीय संस्थाको आईपिओ आज नै बाँडफाँड गर्ने तयारी भइरहेको छ।
बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शनिवार शेयर बाँडफाँड गर्ने तयारी गरे पनि सार्वजनिक विदाको दिन भएकाले आज नै बाँडफाँड गर्नको छलफल भईरहेको जनाएको छ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले धितोपत्र बोर्ड र सिडीएससीसँग छलफल गरेर समय तोकिने बताए। शेयर बाँडफाँड कार्यालयमै गरिने भएपनि त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत गरिने उनले जानकारी दिए ।
समाज लघुवित्तले भदौ ४ देखि ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको थियो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने छन् ।
आईपिओमा ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए ।





























प्रतिक्रिया