सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन र उपभोग अभिवृद्धि’ कार्यक्रम कार्यान्वयनमा लागि अन्तिम चरणमा पुगेको जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन वृद्धि गरी मुलुकको निर्यात व्यापार बढाउनका लागि सो कार्यक्रमको मोडालिटी तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गराइएको जानकारी दिएका हुन् ।
नेपाल व्यापार संघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो कार्यक्रम समय सान्दर्भिक भएको उल्लेख गर्दै यसको प्रभवकारी कार्यान्वयनका लागि निजी क्षेत्र, स्वदेशी पूँजी र बाह्य पूँजीको लगानीबारे सम्बन्धित क्षेत्रसँग छलफल भईरहेको पनि बताए ।
सरकारले चलाईरहेका उद्योगहरु पनि बन्द रहेको अवस्थाको चित्रण गर्दै मन्त्री बडूले त्यस्ता उद्योगहरुको पनि संचालनका लागि सरकारले उद्योगमैंत्री वातावरण निर्माण गरिरहेको दावी समेत गरे ।
मन्त्री बडूले सरकारले संचालन गरिरहेको उद्योगधन्दा र औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा संचालन गर्न पनि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको औंल्याए ।





























प्रतिक्रिया