वैदेशिक रोजगारमा गएकालाई उद्दार, के भन्छन् सरोकारवाला ? (भिडियोसहित)

वैदेशिक रोजगारमा गएकालाई उद्दार, के भन्छन् सरोकारवाला ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्दार गर्दा राज्यकोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रिया पछाडि धकेल्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

सरकारी पैसामा उद्दार गर्दा विदेशमा रहेका सबै कामदार आउन खोज्ने र राज्यकोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रियालाई पछाडि धकेल्दै लगेको सरोकारवालाहरुको बताएका हुन् । वैदेशिक रोजगार सम्बन्धि सरोकारवालाहरुले कामदारहरुबाट जम्मा गरेको रकम खर्च गर्न ठराएको बताएका हुन् । वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले वैदेशिक रोजगारमा जानु अघि श्रम स्वीकृति लिनु भन्दा पहिला १ हजार ५ सय रुपैयाँको कल्याणकारी कोषमा जम्मा गर्नु पर्ने अनिवार्य व्यवस्था भएको तर सोही रकम सरकारले खर्च गर्न कन्जुस्याई गरेको बताए ।

वैदेशिक रोजगारमा गएका कामदारहरुलाई भवितव्य परेमा, मृत्यु भएमा वा अपाङ्गता भएको अवस्थामा रेस्क्यु गर्नका लागि भन्दै सरकारले यो कोषमा रकम जम्मा नगर्दासम्म श्रम स्वीकृति दिदैन । तर अहिले कोभिड माहामारीबाट अप्ठेरोमा परेका कामदारलाई उद्दार गर्न कोषको रकम खर्च हुने डरले सरकारले विभिन्न मापदण्ड बनाएर ढिलाई गर्ने र विभेद गर्ने नीति लिएको उनले बताए ।

वैदेशिक रोजगार ऐनले पनि भवितव्य परेमा कुनै पनि मुलुकमा रहेका कामदारलाई उद्दार गर्ने पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख भएकोले पनि त्यसलाई पालना गर्नु पर्ने उनले बताए । हेरौं भिडियोमा :

 

 

Logo