६ दशमलव ७१ अंकले घट्यो सेयर बजार, ४ अर्ब १८ करोडको कारोबार

६ दशमलव ७१ अंकले घट्यो सेयर बजार, ४ अर्ब १८ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको चौथो दिन बुधवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलवार २ दशमलव ८१ अंकले घटेर २ हजार १९३ दशमलव ४३ विन्दुमा वन्द भएको हो ।  बुधवार २१८ वटा धितोपत्रका ९५ लाख ४२ हजार कित्ता सेयर ४ अर्ब २ करोड ९९ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ । बुधवार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।  सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशमलव ८१ प्रतिशतले बढेको हो । 

त्यस्तै, बुधवार साम्लिङ पावर र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकममा सबैभन्दा बढी आज पनि शिवम् सिमेन्टको २५ करोड ३४ लाखभन्दा बढीको सेयर कारोबार भयो ।

Logo