३८.६१ अंकले घट्यो नेप्से परिसूचक

३८.६१ अंकले घट्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से ३८.६१ अंकले घटेर २ हजार १४८.१६ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१५ कम्पनीको ८५ लाख ६९ हजार ००५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७६ करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज २५ करोड २२ लाखभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसुचक घटेको छ। आजको कारोबारमा बलेफी हाइड्रोपावर र समलिंग पावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, युनाइटेड इदी-मादी हाइड्रोपावर र सानिमा ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Skip This
Skip This
Logo