सिभिल बैंकका ग्राहकलाई विषेश छुटको व्यवस्था , यी हुन् थप गरिएका २९ साझेदारहरु

सिभिल बैंकका ग्राहकलाई विषेश छुटको व्यवस्था , यी हुन् थप गरिएका २९ साझेदारहरु

केन्द्रबिन्दु
0
Shares

सिभिल बैंकले थप २९ साझेदारहरु मार्फत ग्राहकहरुका लागि विषेश छुटको व्यवस्था गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका उत्कृष्ठ सेवा र सुविधा प्रदान गर्दै बैंकले  आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएको हो ।

साझेदारहरु संग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।  सिभिल बैंकका ग्राहकहरुले अव विभिन्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक पाउने भएका छन् । बैंकले हालसम्म विभिन्न ६९ साझेदारहरु सँग समन्वय गरेर ग्राहकहरुलाई छुट दिन्दै आएको छ ।  

करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ । 


Skip This
Skip This
Logo