काठमाडौं महानगरले भोलिदेखि नियमित बजार अनुगमन गर्ने

काठमाडौं महानगरले भोलिदेखि नियमित बजार अनुगमन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले खाद्यान्न, फलफूल तथा तरकारीको नियमित अनुगमन गर्ने भएको छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले भोलि बिहिबारदेखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको हो । कोरोना महामारी बिचमा व्यवसायीहरुले ठगी हुन सक्ने भन्दै नियमित अनुगमन गर्ने भएको हो । त्यसका साथै मूल्य र गुणस्तरमा पनि ठगी हुन सक्ने भन्दै अनुगमन गर्न लागेको जनाएको छ ।

मंगलबार उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको हो । ’काठमाडौंको बजार नियमन र व्यवस्थापन गर्न धेरै कार्यालयहरुबाट अनुगमन गर्दा फितलो हुन्छ । नियमित र व्यवस्थित पेसा गर्नेलाई झर्को हुन्छ ’ बैठकमा बोल्दै उपमेयर खड्गीले भनेकी छिन् । साथै उनले उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने सबै पक्षलाई समेटेर महानगरको नेतृत्वमा अनुगमन गरिने बताएकी छिन् ।

त्यसैगरी, महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले कोभिडका कारण पछिल्लो समय खाद्यान्न, फलफूल र तरकारीको आयात घटेसँगै कालोबजारी बढेको बताए ।

Logo