हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले महंगियो

हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले महंगियो

केन्द्रबिन्दु
0
Shares

हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज महंगिएको छ । 

नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गर्दै एक्सपल्स सहित प्राय: सवैजसो मोडलका मोटरसाइकल र स्कुटरमा मूल्य वृद्धि भएको जानकारी दिएको छ । जसअनुसार एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले वृद्धी भएको छ । नयाँ मूल्य सूची अनुसार सवैभन्दा बढी एक्सपल्स २०० टीमा ३२ हजार रुपैयाँ वृद्धि गरिएको छ ।

यसअघि ३ लाख ५२ हजार रुपैयाँमा कारोबार हुँदै आइरहेको यो मोटरसाइकलको मूल्य ३ लाख ८४ हजार रुपैयाँ भएको छ । एक्सपल्सकै अन्य २ सिरिजहरु २०० र २०० फोरभीमा पनि मूल्य वृद्धि गरिएको छ । जसअनुसार २०० मा १४ हजार र फोर भीमा २ हजार ५ सय रुपैयाँ बढाइएको हो ।

यससँगै यसअघि ४ लाख ३ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएको २०० को मूल्य ४ लाख १७ हजार ५ सय रुपैयाँ पुर्याइएको छ भने ४ लाख ५० हजारमा कारोबार भैरहेको फोर भीको ४ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
 

Skip This
Skip This
Logo