कम्पनीको गोदाममा भएका सामानको यथार्थ विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

कम्पनीको गोदाममा भएका सामानको यथार्थ विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले गोदाममा भएको सामानको यथार्थ विवरण उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका छन् ।

संचालक समितिलाई कम्पनीसँग भएको सम्पत्ति, गोदाम, भाडामा दिएका जग्गा तथा संरचना, नेशनल ट्रेडिङको गोदाममा रहेका सामानको यथार्थ विवरण ७ दिनभित्र आफूलाई उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

खाद्य संस्थान र नेशनल ट्रेडिङबीच एकीकरण पश्चात् बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री बडूले कम्पनीसँग भएको सम्पत्तिको यथार्थ अवस्था पहिचान गरी त्यसको उचित प्रयोगका लागि पनि आग्रह गरे । 

Logo