आज काठमाडौंका उल्लेखित स्थानमा दिउसो ६ घण्टा बत्ती जाने

आज काठमाडौंका उल्लेखित स्थानमा दिउसो ६ घण्टा बत्ती जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बुधबार राजधानीका केही स्थानहरुमा बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत वितरित केही ठाउँमा रुखका हाँगा कटान कार्य गर्नु पर्ने भएकाले बत्ती काटिने भएको हो । साथै यी स्थानमा लाइन मर्मत कार्यका लागि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बुधबार शुभेच्छा हस्पिटल, शरणपुर, रानीपाटी, छकडोल, सीता होम्स, थापा चोक, आदेश्वर मन्दिर, इचङ्‌गुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, सीताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भीमढुङ्गा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ र छत्रे देउराली लगायतका स्थानमा बत्ती जानेछ ।

यस्तै बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ति केवल, ज्योति एकेडमी लगायतका क्षेत्रमा पनि बत्ती जाने प्राधिकरणले जनाएको छ ।

Logo