नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोन लोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोन लोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्ने छन् ।
नबिल बैंकले यु एन सी डी एफ को सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षित गरि यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ ।
त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट १० हजार रुपैयाँ बराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ । शुरुवाती चरणमा व्यवसायीहरुले १ लाख सम्मको बिनाधितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् ।































प्रतिक्रिया