आज नेपाली बजारमा सुनचाँदीको बजार घटेको छ । बिहिबार सुनको मूल्य प्रति तोला ९५ हजार ९०० रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ३०० रुपैयाँले घटेर प्रति तोला ९५ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो।





























प्रतिक्रिया