बजाजले सस्तो बाइक सीटी १२५ एक्स लन्च गर्दै

बजाजले सस्तो बाइक सीटी १२५ एक्स लन्च गर्दै

केन्द्रबिन्दु
0
Shares

बजाजले चाँडै नै भारतमा नयाँ बाइक सीटी १२५ एक्स लन्च गर्ने भएको छ । यो बाइकले १२५ सीसी बाइक सेगमेन्टमा टीभीएस रेडर १२५, होन्डा एसपी १२५ र हिरो ग्ल्यामरलाई कडा प्रतिस्पर्धा दिनेछ ।

बजाजको नयाँ आगामी बाइक सीटी १२५ एक्समा भी आकारको एलईडी डिआरएल, सानो भाईजर, मेटल गार्ड, फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन, ट्विन शक एब्जर्बर, रबर ट्याङ्क प्याड, ठूलो ग्र्याब रेल, बिग ग्रयाब रेल, सिंगल सिट सेटअप, लगेज ¥याक, साइड क्रयास गार्ड जस्ता फिचर दिइएको छ ।

साथै बाइकमा हलोजन हेडल्याम्प र टेल ल्याम्पका साथै टर्न इन्डिकेटर, चार्जिङ सकेट र स्मार्ट कनेक्टिभिटी पनि उपलब्ध छ । बजाज सीटी१२५ एक्समा १२५ सीसी इन्जिन दिइएको छ र यो इन्जिनले ११.६ बीएचपी पावर र ११ एनएम टर्क जेनेरेट गर्न सक्छ । बजाज सीटी १२५ एक्स यो महिना वा अर्को महिना ७० हजार भन्दा बढी भारु मूल्यमा लन्च हुने सम्भावना छ ।

भारतीय बजारमा बजाजले सीटी सिरिजका सीटी१०० र सीटी११० जस्ता बाइक बिक्री गर्दै आएको छ । यो बाइक नेपाली बजारमा उपलब्ध हुने सम्भावना तत्कालका लागि छैन । 

Skip This
Skip This
Logo