किन रोजे चर्चित बैंकर अनिल शाहले बीवाईडीकै इलेक्ट्रिक कार ?

किन रोजे चर्चित बैंकर अनिल शाहले बीवाईडीकै इलेक्ट्रिक कार ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि गाडी पारखीहरुका लागि इलेक्ट्रिक गाडी रोजाइमा पर्न थालेको छ । यही क्रममा चर्चित बैंकर अनिल केशरी शाहले हालै बीवाईडीको अल न्यु ई६ इलेक्ट्रिक कार किनेका छन् ।

उनले बीवाईडी इलेक्ट्रिक कार रोज्नुको कारण एक भिडियोमार्फत प्रष्ट्याएका छन् । उनी भन्छन्, ‘नेपालको इन्धन, नेपालीको लागि ।’ 

त्यसैगरी बीवाईडी नै रोज्नुको एक मात्र कारण वारेमा उनको भनाइ छ, ‘विश्वकै सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक सवारी ।’

यसका आधारमा नेपालमै उत्पादन हुने विद्युत इन्धनको रुपमा प्रयोग हुने र विश्वकै सबैभन्दा बढी इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनी भएकाले बीवाईडी रोजेको मान्न सकिन्छ । बीवाईडीका इलेक्ट्रिक कार विभिन्न सरकारी निकायका साथै अन्य प्रतिष्ठित व्यक्तिहरुले समेत प्रयोग गर्दै आएका छन् । 

नेपाली बजारमा बीवाईडी अल न्यु ई६ को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

Logo