आइएमई मोटर्सले ल्यायो ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

आइएमई मोटर्सले ल्यायो ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

केन्द्रबिन्दु
0
Shares

 आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । 

अशोक लेल्यान्ड दोस्त पिकअप बिक्रीवितरण गर्दै दसैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै नेपाली बजारमा अब सवारी साधन बिक्रेताहरुले अफर ल्याउने क्रमको प्रारम्भ भएको छ ।

दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउन सकिने छ ।

अशोक लेल्यान्ड दोस्त खरिद गर्दा पहिले देखि ७० प्रतिशत सम्मको फाइनान्स सुविधा उपलब्ध भइरहेको छ । ग्राहकले ३० प्रतिशत मात्र नगद बुझाएर अरु किस्ताको रुपमा लिन सक्ने छन् ।

नेपाली बजारमा अशोक लेल्यान्डका दोस्त एफएसडी, दोस्त स्ट्रोङ एफएसडी, दोस्त एचएसडी, दोस्त कन्टेनर र दोस्त रेफ्रिजेरेटर लगायतका विभिन्न मोडलका पिकअप बिक्रीका लागि उपलब्ध छन् ।

Skip This
Skip This
Logo