चिनियाँ इलेक्ट्रिक कार निर्माता नेटाले भी सिरिजमा दुई नयाँ कस्टमाइज मोडल चाओ३०० र चाओ ४०० मोडल थप गरेको छ ।
यी दुई मोडलको मूल्य चिनियाँ बजारमा क्रमश १३ हजार २२५ र १४ हजार २९७ अमेरिकन डलर कायम गरिएको छ ।
यी इलेक्ट्रिक कारको अगाडीको दुवै साइडमा पोलिगनल हेडलाइट र पछाडी वाई आकारको टेल लाइट दिइएको छ ।
यसैगरी यसको चाओ३०० मोडलमा लेदर स्टेरिङ ह्विल, लेदर सिट, १४।६ इन्चको सेन्ट्रल कन्ट्रोल र एलइडी लाइट उपलब्ध छ ।
अर्को मोडल चाओ४०० मा व्रेकिङ एसिस्टेन्स, लेन डिपार्चर वार्निङ, लेन किपिङ एसिस्टेन्स, एक्टिभ व्रेकिङ, थकान ड्राइभिङ वर्निङ, फ्रन्ट पार्किङ राडर, एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटेड भ्यालेट पार्किङ, ड्राइभिङ रेकर्डर र फ्रन्ट वायरलेस चार्जिङ जस्ता अत्याधुनिक फिचर्स दिइएको छ ।
यी दुई कारमध्ये चाओ३०० को अधिकतम पावर ५४ एचपी र टर्क ११० एनएम एवं रेन्ज ३०१ किलोमिटर रहेको छ भने चाओ४०० को पावर ९५ एचपी र टर्क १५० एनएम एवं रेन्ज ४०१ किलोमिटर रहेको दावी गरिएको छ ।
३ महिनाअघि नेपाल भित्रिएको नेटा भी इलेक्ट्रिक कारलाई सिजी मोटर्सले आयत गरी कारोबार गर्दै आइरहेको छ ।































प्रतिक्रिया