महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुमको उद्धघाटन

महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुमको उद्धघाटन

केन्द्रबिन्दु
0
Shares

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह-वितरण सोरुमको सुभारम्भ गरेको छ ।

सोरुमको डिशहोमका तर्फवाट रिजनल सेल्स म्यानेजर जेबि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा उद्धघाटन गरिएको छ । विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ । 

श्रावन २६ गतेदेखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ । १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार  ईन्टरप्राईजले अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुलदेव जोशीले बताए । 

Logo