लक्ष्मी ग्रुपले सार्वजनिक गर्यो नेपाल भित्र्याउने इलेक्ट्रिक कारको मूल्य

लक्ष्मी ग्रुपले सार्वजनिक गर्यो नेपाल भित्र्याउने इलेक्ट्रिक कारको मूल्य

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । लक्ष्मी ग्रुपले नेपाली बजारमा भित्रिने चेरीको सबब्रान्ड काइई अटोमोबाइल्सको इलेक्ट्रिक कार एक्स ३ प्रोको मूल्य सार्वजनिक गरेको छ।

लक्ष्मी ई–मोबिलिटीले भित्र्याउन लागेको सो इलेक्ट्रिक कारको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ रहेको जनाएको छ।

यो भन्दा पहिले एलआरआर ग्रुपले पनि यहीँ गाडी नेपाली बजारमा भित्र्याउन करिब एक महिनाभित्रै नेपाली बजारमा उपलब्ध हुने घोषणा गरिसकेको छ।

काइई एक्स ३ प्रोमा सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्री र इन्टिग्रेटेड लिक्विड कुलिङ सिस्टमले ४०१ किलोमिटरसम्म रेन्ज भएको अल्ट्रा–लङ ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीले जनाएको छ। लामो यात्रा चाहने यात्रीलाई समेत लक्षित गरी यसमा हाई–स्ट्रेन्थ आल्मुनियम अलोय फ्रेम ब्याट्री बक्स, मल्टी लेयर इन्सुलेसन डिजाइन, इन्टेलिजेन्ट सेफ्टी र फ्रिडम समेत प्रदान गरिएको कम्पनीको दाबी छ।

न्यू लेभलको ड्राइभिङ इन्जोयमेन्ट प्रदान गर्न यसमा १०.२५ इन्चको कुल ड्युअल स्क्रिन, अल्ट्रा हाई डेफिनेसन ३६० डिग्री प्यानोरामिक क्यामेरा आदि उपलब्ध गराइएको छ र यसले स्मार्ट ट्राभल गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।

फ्रन्टमा रहेको म्याकफर्सन इन्डेपेन्डेन्ट सस्पेन्सन र रियरमा रहेको मल्टी–लिंक इन्डेपेन्डेन्ट सस्पेन्सनले यात्रामा सहजता प्रदान गर्ने कम्पनीको दाबी छ।

१२० किलोवाट मोटर क्षमता र ५२.७ किलोवाट आवरको ब्याट्री प्याक, सिंगल चार्चमा ४०१ किमी रेन्ज, ४५ मिनेटमा फुल चार्ज हुने लगायत विशेषता गाडीमा छन्। यसले १२० किलोवाटको पावर र २८० एनएम पिक टर्क जेनेरेट गर्न सक्छ। यसले ३.७७ सेकेन्डमै ० देखि ५० किलोमिटर सम्मको स्पिड लिन सक्छ। यो गाडी ४४०० एमएम लम्बाई, १८३१ एमएम चौडाई र १६५३ एमएम उचाईमा उपलब्ध रहेको कम्पनीको दाबी छ।

Logo