नाडा अटो शोमा प्रिमियम ईभीको महासंग्राम: टाटा, बीवाईडी, महिन्द्रा र एमजीबीच कडा टक्कर हुने

नाडा अटो शोमा प्रिमियम ईभीको महासंग्राम: टाटा, बीवाईडी, महिन्द्रा र एमजीबीच कडा टक्कर हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपालमा आगामी अटो शोहरूमा चारवटा प्रिमियम इलेक्ट्रिक कारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । टाटा, बीवाइडी, महिन्द्रा र एमजी आईएम जस्ता प्रतिष्ठित ब्रान्डका यी गाडीहरूले उत्कृष्ट डिजाइन, प्रविधि र सुरक्षाका साथ नेपाली बजारमा प्रवेश गर्दैछन् ।

यस वर्षको अटो शोमा इन्ट्री-लेभल र मिड-रेन्जका गाडीहरू पनि प्रदर्शनमा रहनेछन्  । महिन्द्राको एक्सईभी ९ई, बीवाइडीको सिलायन-७, एमजीको आईएम-६ र टाटाको ह्यारियर ईभी बीचको प्रतिस्पर्धा सबैभन्दा रोचक हुने देखिएको छ। टाटाको ह्यारियर ईभी नाडा अटो शोबाट भित्रिँदैछ भने अन्य तीन मोडल यसअघिका अटो शोबाट नै नेपाली बजारमा प्रवेश गरिसकेका छन् । यी चारै गाडीको मूल्य ६५ लाखदेखि १ करोड ७ लाख रुपैयाँसम्म रहने अनुमान गरिएको छ ।

यी चारै प्रिमियम ईभीहरू शक्तिशाली ब्याट्री र मोटरका साथ आएका छन् । यी प्रिमियम गाडीहरू अत्याधुनिक सुरक्षा र सुविधाका साथ आएका छन् ।

कुनको विशेषता के ?

एमजी आईएम-६:

मोरिस गराजेज (एमजी)को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी आईएम६ नेपाल भित्र्याएको एमजी आईएम६ नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बान एसयूभीको मानिएको छ। यसका अतिरिक्त अत्याधुनिक डिजाइन, बौद्धिक सुविधा र नयाँ प्रविधिले सुसज्जित आईएम ६ ले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ।  आईएम ६ चार मुख्य नवप्रवर्तनबाट सञ्चालित प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ।

यसमा भेहिकल मोसन कन्ट्रोल, उच्चस्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच आईएडीजस्ता एआई सुविधाहरु रहेका छन्। यो गाडीमा ४०० भी प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्चस्तरीय हार्डवेयर रेनी नाइट मोड र वानटच आईएडीजस्ता फिचरले सुरक्षित यात्रा सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ। यसमा सबमरिनबाट प्रेरित संरचनाहरु छन्।

उच्च शक्ति शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरु प्रयोग गरी यात्रुहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

आईएम६ को रेन्ज ५०५ किमि एनईडीसीतर्फ र ४५० किमि डब्लुएलटीपीतर्फ छ। यसमा ७५ किलोवाट आवर एलएफपी ब्याट्री रहेकोले प्रतिघण्टा उच्च गति २०० किमि तथा १०९ केडब्लु हरिकेन मोटरको उच्चतम पावर छ। यसले ४५० एनएम टर्क जेनेरेट गर्छ । २० इन्च एरोडाइनामिक ह्विल्स रहेको गाडीमा अल्ट्रा सफ्ट सिन्थेटिक लेदर सिट र भेन्टिलेटेड वायरलेस चार्जिङ प्याड छ।

गाडीमा तापरोधक प्यानोरामिक सनरुफ छन् । क्वाल्कम स्न्यापड्रागत ८२९५ बाट सञ्चालित इन्टेलिजेन्ट क्याबिन रहेको गाडीमा २६.३ इन्चको इमर्सिभ टचस्क्रिन, १०.५ इन्चको सेन्ट्रल टचस्क्रिन छ।

वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो रहेको गाडीको एड्यास (एनभिडिया अरिन एन चिपबाट) सञ्चालित छ। यो गाडीमा आईएम कनेक्टिभिटी, पाँच बाहिरी रंगका विकल्प र २ आन्तरिक रंगका विकल्पहरु दिइएका छन्।

यसको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ।

महिन्द्रा एक्सईभी ९ई:

यो गाडी दुई भेरियन्टमा आउँदैछ । एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर र अर्कोमा ९९ किलोवाटको मोटर छ । यसमा रहेका एआई फिचरले यसलाई भारतीय बजारमा लोकप्रिय बनाएको छ । तीन भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ छ ।

यसमा २० वटा स्पिकर र वान टच एआई चौफर सिस्टम छ, जसले गाडीलाई अटोमेटिक रूपमा पार्किङ गर्न सहयोग गर्छ । यसमा पाँचवटा राडार र १२ वटा अल्ट्रासोनिक सेन्सरसहितको उन्नत लेभल-२ एडास सुरक्षा प्रणाली छ । चालकको ध्यान अन्यत्र जाँदा अलर्ट गराउन यसमा एआई क्यामेरा जडान गरिएको छ । यसमा ७ वटा एयरब्याग र एआईमा आधारित ड्राइभ एन्ड अकुपेन्ट मोनिटरिङ सिस्टम जस्ता नवीनतम फिचरहरू पनि छन् ।

बीवाइडी सिलायन-७:

४.८ मिटर लामो यस एसयूभीमा ७१.८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यसले एक पटकको फुल चार्जमा ४४० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, तर अर्ली बर्ड अफरमा ७२ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध छ ।

यो गाडी ‘ई-प्लेटफर्म ३.० इभो’ मा आधारित छ । यसमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, हेडअप डिस्प्ले, १५.६ इन्चको रोटेड टचस्क्रिन, एप्पल कार प्ले, एन्ड्रोइड अटो लगायतका सुविधा छन् । साथै, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र ब्लाइन्ड स्पट वार्निङ जस्ता सुरक्षा फिचर पनि छन् ।

टाटा ह्यारियर ईभी:

यो प्रिमियम एसयूभीमा ६५ र ७५ किलोवाट आवर क्षमताका ब्याट्री प्याकहरू उपलब्ध छन् । यसको ७५ किलोवाट आवर क्षमताको ब्याट्रीले ६२२ किलोमिटर (एआरएआई) को रेन्ज दिने दाबी गरिएको छ, जुन रियल टाइममा ४८०-५०५ किलोमिटर सम्म हुने बताइएको छ । यसमा १७५ किलोवाटको मोटर छ, जसले ३१५ एनएम टर्क उत्पादन गर्छ । टाटाले यसको ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी दिने घोषणा गरेको छ । यसको मूल्य तोकिएको छैन, तर ६५ लाख रुपैयाँ बाट सुरु हुने अनुमान गरिएको छ ।

यसमा प्यानोरामिक सनरुफ, डुअल-जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, १० वटा जेबीएल स्पिकर र वायरलेस फोन चार्जर जस्ता सुविधा छन् । सुरक्षाका लागि यसमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, र लेभल-२ एडास प्रणाली पनि उपलब्ध छ । यसमा विभिन्न ड्राइभ मोड र टेरेन मोडहरू पनि छन् ।

यी प्रिमियम गाडीहरूको आगमनले नेपाली ईभी बजारमा नयाँ उत्साह ल्याउने र ग्राहकहरूलाई थप आकर्षक विकल्प दिने अपेक्षा गरिएको छ ।

Logo