होन्डा सीबी-३५० डीएलएक्स नेपालमा सार्वजनिक, बजार मूल्य साढे ७ लाख कायम

होन्डा सीबी-३५० डीएलएक्स नेपालमा सार्वजनिक, बजार मूल्य साढे ७ लाख कायम


होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा हाइनेस सीबी-३५० बाइक नेपाली बजारमा ल्याएकाे छ। साेमबार स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो बाइकलाई नेपाली बजारमा सार्वजनिक गरेका हुन् ।

निषेधाज्ञा अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ। होन्डाका सोरुमहरु वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिनेछ। बुकिङका लागि न्युनतम २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ । १५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ। 

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ।

आजदेखि बिक्री प्रारम्भ भएको सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

Logo