कक्षा १२ को नतिजा प्रकाशित, कसरी हेर्ने ?

कक्षा १२ को नतिजा प्रकाशित, कसरी हेर्ने ?

केन्द्रबिन्दु
0
Shares

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो ।

गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल ग्रेडिङ पद्धति २०७८ अनुसार सार्वजनिक गरेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् । 

प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन । दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । यस वर्ष कक्षा १२ को परीक्षा ४ लाख १० हजार ५० विद्यार्थीले दिएका थिए ।

नियमिततर्फ तीन लाख ६३ हजार आठ जना, ग्रेड वृद्धितर्फ तीन हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको बताइएको छ । १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् ।

 यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा-

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।

Logo