‘उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुन्छ’

‘उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुन्छ’

केन्द्रबिन्दु
0
Shares

शिक्षा विद्हरुले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् ।  

सोमवार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् । उनीहरुले विद्यार्थीहरुलाई दिने शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाविद्हरुले उच्च ग्रेडिङ ल्याएका विद्यार्थीहरु समेत अहिले विदेश जाने लाइनमा बस्ने गरेको बताए । 

शिक्षाविद् विद्यानाथ कोईरालाले निजी विद्यालयहरुले क्याम्पस तल आएको र सरकारले विद्यालयमाथि भन्ने दुईवटा बुझाई भएको कारण विद्यार्थीहरु समस्यामा परेको दाबी गरे । उनले विद्यार्थीहरुलाई सरकारले एसईई दिएर पश्चात के विषय लिएर बढ्ने भन्ने स्पष्ट मार्ग निर्देशन गर्न नसकेको बताए । 

शिक्षाविद् कोईरालाले विश्व विद्यालय लचिलो नभए विद्यालयहरुमाथि गएको अर्थ नहुने बताए । उनले क्याम्पस तल आएको र विद्यालय माथि गएको भन्ने विषय स्पष्ट निजी विद्यालयहरुको छुट्याउन सुझाव दिए । विद्यालयका शिक्षकहरुको कमजोरीको कारण विद्यार्थीहरुको नतिजा राम्रो नआएको उनको भनाई छ ।  
 
‘अहिले विद्यार्थीहरुले एसईई दिएर माथि गएर के विषय पढ्ने भन्ने यकिन गर्न सकेनौं । अब युनिभर्सिटी प्रणाली लचिलो भएन भने विद्यालय माथि गएको अर्थ केही हुँदैन । निजी विद्यालयका साथीहरुले स्पष्ट पार्नुप-यो विद्यालय माथि गएको हो वा क्याम्पस तल गएको हो ।’ उनले भने, ‘क्याम्पसहरुले विद्यार्थीहरुलाई यो विषय पढेन भने काम छैन भनेर भन्न पाइँदैन । त्यस्तो गर्दा विद्यार्थीहरुलाइ अन्याय हुन्छ विद्यार्थीहरुले चाहेको विषय पढ्न पाउनुपर्छ । विद्यार्थीहरुको नतिजा शिक्षकहरुको कारणले नै नराम्रो आउने हो । विद्यार्थीलाई संघीय सरकार,प्रदेश र स्थानीय सरकारले पढाउने होइन शिक्षकले पठाउने हो । अब शिक्षक सुध्रने हो भने बन्ने हो नभए बन्दैन । शिक्षकहरुलाई ग्रेडिङ गर्नुपर्ने बेला भयो । अब्बल,दोयम,सिम र चार गरी शिक्षक आफैले आफैँलाई ग्रेडिङ गर्नेगरी गर्नुपर्छ ।’

त्यस्तै शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारले शिक्षाविद्हरुले दिएको सुझाव तथा कुरा सुन्न छोडेको गुनासो गरे । उनले मन्त्रालयमा मन्त्रीहरुको गणेश बनेर घुम्नेहरुको मात्रै कुरा सुनेर कार्यान्वय हुने गरेको बताए । वाग्लले २०७३ साउन १ गतेको ग्रेडिङ प्रणालीको शिक्षा मन्त्रालयको निर्णयलाई मन्त्रालयले नै कुल्चिएर एसईई परीक्षा ध्वस्त बनाएको आरोप लगाए । उनले मुलुकभरका विद्यार्थीहरुलाई विद्यालय, क्याम्पस,तथा युनिभर्सिटीहरुमा विद्यार्थीहरुलाई सिकाउने भन्दापनि पढाउने काम मात्रै हुँदा गुणस्तरियता कम हुँदै गएको बताए ।

‘हाम्रा विद्यार्थीले माथि गएर गरिखान सक्दैनन् । टेष्ट बुक घोकाएका छौं । विद्यार्थीहरुको क्षमता थाहा पाउन सकेका छैनौं । हाम्रो पाठ्यक्रमलाई फालेर टेस्ट बुकलाई फालेका छौं । टेस्ट बुक सम्पूर्ण होइन । हाम्रो देशमा टेस्ट बुक नै अल इन अल हो । अहिले आइटम बैंकिङका कुरा आएका छन् । आइटम बैंकिङ पनि टेस्टबुकको कन्सेप्ट नहोस् ।’ उनले भने । 

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षालाई देशको उत्पादन र अन्य चारित्रिक कुराहरुमा जोड्ननसके देशको समग्र शिक्षा प्रणाली फेलियर हुने बताए । उनले विद्यालय तह,क्याम्पस तहको नजितालाई कुनै एउटा निकायले अनुसन्धान गर्नुपर्ने बताए । राष्ट्रको क्षमता मापन गर्ने राष्ट्रिय परीक्षा एसईईको नतिजाले शिक्षा क्षेत्रमा डर लाग्दो अवस्था देखिएको उनको भनाई छ । 

Logo