व्यवस्थापनमा उत्कृष्ट पढाइ हुने कलेज, युनिग्लोब

व्यवस्थापनमा उत्कृष्ट पढाइ हुने कलेज, युनिग्लोब

केन्द्रबिन्दु
0
Shares

शिक्षा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको संलग्नतामा सन् २००९ मा काठमाडौंको नयाँबानेश्वरमा खुलेको कलेज हो, युनिग्लोब । 

बिजनेश अध्ययनमा अब्बल कलेजका रुपमा आफूलाई स्थापित गराएको युनिग्लोबले बीबीए, बीबीए बीआई, एमबीए फाइनान्स र जनरल एमबीएमा अध्यापन गराउँदै आएको छ । अध्ययनमा फरक विधि अपनाएको यो कलेज पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त छ । विश्वविद्यालयको परीक्षामा अहिलेसम्म विद्यार्थीले ९ वटा स्वर्ण पदक प्राप्त गर्नुले पनि कलेजको स्तर निर्धारण गर्न सहज हुन्छ । 

समयसमयमा हुने विदेशी लेक्चरको भ्रमणले पनि युनिग्लोबको अध्यापन विधि र शैलीलाई गहकिलो बनाएको छ ।

युनिग्लोबले स्नातकमा बीबीए र बीबीए आईका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कोर्स अध्यापनका लागि स्वदेश तथा विदेशमा अध्यापनको लामो अनुभव संगालेका प्राध्यापक संलग्न छन् । समयसमयमा हुने विदेशी लेक्चरको भ्रमणले पनि युनिग्लोबको अध्यापन विधि र शैलीलाई गहकिलो बनाएको छ । विश्वका तीन दर्जन बढी कजेलहरुसँग एमओयू गरेको युनिग्लोबले प्रयोगात्मक आधारमा व्यवहारिक शिक्षा दिँदै आएको छ । 
 
कलेजले विद्यार्थीलाई अध्ययनको उपयुक्त वातावरण उपलब्ध गराउँछ । रिसर्चमा आधारित अध्यापन गराउँदै आएको यो कलेजबाट उत्तीर्ण भएका विद्यार्थीको जब-प्लेसमेन्ट दर पनि उच्च छ । कलेजपछि यहाँका विद्यार्थी बैंकिङ, फाइनान्स, कर्पोरेट हाउसलगायतमा उच्च तहसम्म पुगेका छन् । सेमेष्टरको अन्त्यमा विभिन्न कर्पोरेट हाउसबाट आउने जब-अफर र कलेजमै उपस्थित भएर गरिने छनोटले पनि यो कलेजमा अध्ययन गरेका विद्यार्थीको डिमान्ड उच्च रहेको पुष्टि गर्छ ।

सेमेष्टरको अन्त्यमा विभिन्न कर्पोरेट हाउसबाट आउने जब-अफर र कलेजमै उपस्थित भएर गरिने छनोटले पनि यो कलेजमा अध्ययन गरेका विद्यार्थीको डिमान्ड उच्च रहेको पुष्टि गर्छ ।  

विद्यार्थी तथा अभिभावकले विश्वास गर्न योग्य यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै व्यवस्थापन संकायतर्फ उत्कृष्ट पढाई हुने शिक्षण संस्थाको छवि बनाउन सफल छ । कलेज जीवनलाई मर्यादित र उपलब्धिमूलक बनाउन आचार संहिता लागू गरेको युनिग्लोबले अध्ययन र अध्यापनका लागि कसैसँग सम्झौता गर्दैन । 
 
लोभलाग्दो भौतिक पूर्वाधार भएको युनिग्लोब कलेजमा ८ हजार भन्दा बढी कोर्सबुक छन् । आवश्यक पुस्तकालय, प्राध्यापकहरुको निरन्तरको परामर्श, पारिवारिक वातावरणले पनि युनिग्लोब कलेजलाई अभिभावक र विद्यार्थीको पहिलो रोजाईको कलेज बनाएको छ ।

 

Logo